काठमाडौं । सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधि बीच भएको सहमति नमान्ने भन्दै स्थानीयले पुन फोहोरको गाडीमा अवरोध गरेका छन् ।सोमवार राति मात्रै शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका र स्थानीय वासिन्दाबीच काठमाडौंको फोहोर व्यवस्थापन मंगलवारबाट गर्ने सहमति भएको थियो।
गत १४ जेठदेखि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाको फोहोर उठ्न सकेको छैन । सोमबार भएको बैठकमा बञ्चरेडाँडाको ल्याडफिल साइटमा उपयुक्त विधिअनुसार फोहोर विसर्जन गर्न दिन नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिका सहमत भएका थिए ।
सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्ताले स्थानीयका माग सम्बोधन गर्न समय तालिकासहित प्रतिबद्धतापत्र जारी गरेको थियो।तर बिहानै त्यहाँ पुगेका गाडीहरूलाई धुनिवेशीका स्थानीय बासिन्दाले फोहोर विसर्जन गर्न अबरोध हुन् ।
गत १४ जेठदेखि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाको फोहोर उठ्न सकेको छैन । सोमबार भएको बैठकमा बञ्चरेडाँडाको ल्याडफिल साइटमा उपयुक्त विधिअनुसार फोहोर विसर्जन गर्न दिन नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिका सहमत भएका थिए ।
प्रतिक्रिया दिनुहोस