aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बागमती प्रदेश मन्त्रिपरिषद्को बैठक सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ जेठ २०७९
बागमती प्रदेश मन्त्रिपरिषद्को बैठक सम्पन्न

हेटौडा । बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सूचनाको हकसम्बन्धी ऐन, २०७६ मा व्यवस्था भएको पुनरावलोकन समितिको रिक्त रहेको सदस्य पदमा काभ्रेकी सम्झना हुमागाँइको नाम सिफारिस गरेको छ । आज बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

बैठकले स्थानीय तहबाट कार्यान्वयन भएका आयोजनाका बाँकी दायित्व व्यवस्थापन गर्ने निर्णय गरेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । त्यसैगरी मन्त्रिपरिषद्को बैठकले प्रदेश स्वास्थ्य सेवा नियमावली संशोधन, प्रदेश व्यापार तथा व्यवसाय सञ्चालनसम्बन्धी नियमावली संशोधनलगायत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस