काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा अर्थविद डा विजय पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको छ । पार्टीका कार्यालय सचिव डा गङ्गालाल तुलाधरले मंगलबार विज्ञप्ति जारी गर्दै पौडेलको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार गङ्गालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो । मुटुसम्बन्धी शल्यक्रियापछि पौडेलको स्वास्थ्यमा सुधार हुँदै गएको विज्ञप्तिमा उल्लेख छ । चिकित्सकको सल्लाहबमोजिम पौडेलसँगको भेटघाट हाललाई बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस