aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

आर्थिक संकट परेको भन्दै चिनियाँले मागे ६० करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ साउन २०७६
आर्थिक संकट परेको भन्दै चिनियाँले मागे ६० करोड

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएस कन्स्ट्रक्सनले अग्रिम भुक्तानी मागेको छ ।


कम्पनीका अधिकारीहरुले आर्थिक संकट परेको भन्दै अग्रिम रुपमा भुक्तानी दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईसमक्ष माग गरेका हुन् ।

मन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलोपटक बिहीबार भैरहवास्थित निर्माणधीन गौतमबुद्घ अन्तराष्ट्रिय विमानस्थल निरीक्षणका लागि पुगेका मन्त्री भट्टराईसँग चिनियाँ ठेकेदार कम्पनीका उच्च अधिकारीले यस्तो माग गरेका हुन् । यो समाचार आजको कारोबार दैनिकमा छापिएको हो ।

प्रतिक्रिया दिनुहोस