aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

'समृद्ध लुम्बिनी आत्मनिभर प्रदेश'को नारा सहित प्रदेशको नीति तथा कार्यक्रम(पूर्णपाठ सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ जेठ २०७९
'समृद्ध लुम्बिनी आत्मनिभर प्रदेश'को नारा सहित प्रदेशको नीति तथा कार्यक्रम(पूर्णपाठ सहित)

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेशको गौरवका आयोजनालाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशका समग्र कार्य र क्रियाकलापलाई समृद्ध लुम्बिनी आत्मनिभर प्रदेशको दीर्घकालिन सोच र लक्ष्य प्राप्त गर्ने दिशामा केन्द्रीत गरि प्रदेश सरकार अगाडि बढिरहेका प्रदेश प्रमुख अमिक शेरचनले बताए ।  

प्रदेशको राजधानी दाङलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणको योजनालाई प्रदेश गौरवको आयोजनाका रुपमा अघि सारेको नीति तथा कार्यक्रमा उल्लेख छ  छ ।  प्रदेश सरकारले लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई गौरवको आयोजनामा राखेर नमुना आयोजनाका रूपमा निरन्तरता दिँदै क्यान्सर तथा मुटु रोगीलाई दुई लाख दिने योजना बनाएको छ ।

राष्ट्रको गौरव र प्रदेशको पहिचान झल्किने एंव नदी सभ्यातामा आधारित हुने गरि प्रदेश राजधानीको गरुयोग तयार भइ जग्गाका व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण, ल्याण्ड पुलिङ लगायतका कार्यहरु द्रुत गतिमा अघिबढिरहेको उनले बताए । राजधानी व्यवस्थापनका लागि संघीय सरकार र स्थानीय तहहरुसँग निरन्तर समन्वयको कार्य भइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस