काठमाडौं । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको तर्फबाट आर्थिक वर्ष २०७९र०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
उनले प्रदेशसभा नियमावली, २०७४ को नियम ३५(१) बमोजिम प्रदेशसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । यसअघि प्रदेश प्रमुख खापुङलाई प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नीति तथा कार्यक्रमको पुस्तक हस्तान्तरण गरेका थिए ।
यसैगरी आज सञ्चालन भएको दोस्रो बैठकमा सभामुख प्रदीपकुमार भण्डारीको आदेशमा मुख्यमन्त्री राईले प्रदेशसभा नियमावली, २०७४ को नियम ३६(१) बमोजिम प्रदेश प्रमुखले प्रदेशसभामा सम्बोधन गरेको वार्षिक नीति तथा कार्यक्रमको एक प्रति सभामा टेबुल गरेका थिए। सभामुख भण्डारीले सदनसमक्ष प्रदेश प्रमुखबाट सम्बोधनका लागि राख्नुभएको धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
प्रतिक्रिया दिनुहोस