aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

जति धनि, उति गाह्रो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ साउन २०७६
जति धनि, उति गाह्रो

अल्पविकसित राष्ट्र (एलडीसी)बाट विकसित राष्ट्र (डीसी) मा स्तरोन्नति हुँदा नेपालमा व्यापारघाटा अझ बढ्ने विश्लेषण गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालको बहुपक्षीय व्यापार प्रणाली र अल्पविकसित राष्ट्रबाट स्तरोन्नति हुँदा वैदेशिक व्यापारमा पर्न सक्ने प्रभावबारे आयोजना गरेको सरोकारवालासँगको उच्चस्तरीय छलफलमा यस्तो विश्लेषण गरिएको हो ।


गत आर्थिक वर्षसम्मको तथ्यांकअनुसार निर्यात ९७ अर्ब छ भने आयात १४ खर्ब नाघेको छ । एलडीसी मुलुक हुँदा धेरै देशले निर्यातका लागि सहुलियत दिएको उल्लेख गर्दै डीसीमा स्तरोन्नति हुँदा त्यो सहुलियत काटेर अझै व्यापारघाटा बढ्ने विज्ञहरुको विश्लेषण छ । सन् २०२४ सम्ममा सरकारले एलडीसीबाट डीसीमा जाने लक्ष्य राखेको समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस