aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

उपत्यकाको फोहोर हैजामा परिणत हुने खतरा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ जेठ २०७९

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोरमा फेरि राजनीति छिरेको छ । उपत्यकाका  चोक चोकमा फोहोर थुप्रिदा दूर्गन्ध बढिरहेको छ। बुधबार परेको भारी वर्षाका कारण झन फोहोर बस्ती भित्र पसेका कारण उपत्यका पुरै दुर्गन्धीत भएको छ । 

महिनौदेखि उपत्यकामा थुप्रेको फोहोरका कारण उपत्यकामा झाडा पखला, टाइफाइड, रुघाखोकी, पेटसम्बन्धी रोगी अस्पताल बढ्न थालेका छन् ।  सोमबार शहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र नुवाकोट तथा धादिङका दुई पालिकाका प्रतिनिधिबीच फोहोर व्यवस्थापनमा सहमति भए पनि कार्यान्वयन गर्न हालको महानगरको नेतृत्वले सकेन । सहमति कार्यान्वयन गर्न उक्त स्थानका स्थानीय बासीसँग महागनरले सकेन र बुधबार परेको भारी वर्षाका कारण फोहोर उपत्यकाका अधिकांश मानव बस्तीमा पसेको छ । 

जनप्रतिनिधिको रोहबरमा सहमति भए पनि नुवाकोट तथा धादिङका स्थानीयले असन्तुष्टि जनाउँदै माग यथावत राखेपछि सडकको फोहोर उठेन । मंगलबार फोहोर बोकेका गाडीलाई सिसडोलमा स्थानीयले अवरोध गरेर उक्त स्थानमा महानगरले बल प्रयोग गर्न खोजेपछि केहि बेर झडप समेत भएको थियो ।  जसकारण स्थानीयमाथि प्रहरीले लाठीचार्ज गरेको थियो। उक्त घटनाको पनि विरोध भइरहेको छ।

अब महानगरको नेतृत्वमा राजनीतिक दलको प्रतिनिधित्व नभएका कारणले उक्त क्षेत्रका स्थानीय राजनीति दलका प्रतिनिधिसँग समन्वय गर्न नसकेको हो वा नचाहेको हो । बल प्रयोग गरेर काम गर्न खोज्दा स्थिति विग्रेर गएको देखिन्छ । 

प्रतिक्रिया दिनुहोस