aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

कोरिया कृषि तथा पशुपालनमा काम गर्न जान ६ हजार ५९७ले परीक्षा दिए

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • विहीबार, २६ जेठ २०७९
कोरिया कृषि तथा पशुपालनमा काम गर्न जान ६ हजार ५९७ले परीक्षा दिए

काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रका ६ हजार ५९७ को परीक्षा लिएको छ। कृषि तथा पशुपालन र उत्पादनमूलक समूहमा रोजगारीका लागि कोरिया जान ४४ हजार ८ सय ५३ युवाले आवेदन दिएका छन्।

कृषि र पशुपालनत क्षेत्रमा जाने १० हजार ८ सय ५८ जना रहेका छन् भने उत्पादनमूलक समूहमा ३३ हजार ९ सय ९५ जना छन् । कृषि तथा पशुपालनमा जाने १० हजार ८ सय ५८ जनामध्ये ६ हजार ५ सय ९७ को परीक्षा अहिले भइरहेको छ भने बाँकी ४ हजार २ सय ६१  जनाको आगामी असार १३ गतेबाट सुरु हुनेछ। अन्य परीक्षा पनि नियमित रुपमा सञ्चालन हुने ईपीएस कोरिया शाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस