aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

सरकारले फेला पार्यो लुकाएको १ खर्ब २ अर्ब रुपयाँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ साउन २०७६
सरकारले फेला पार्यो लुकाएको १ खर्ब २ अर्ब रुपयाँ

सामाजिक सेवाका नाममा भित्रिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरुले  पछिल्लो ३ वर्षमा १ खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेका छन् । 

सरकारलाई जानकारी नै नदिई उनीहरुले आव २०७२/०७३ देखि २०७४/०७५ को अवधिमा १ खर्ब १ अर्ब ८४ करोड ६५ लाख ६० हजार रुपैयाँ वाणिज्य बैंकहरुमा लुकाएको फेला परेको छ । 

सरकारलाई गलत खर्च विवरण देखाएर आईएनजीओले २८ वटा वाणिज्य बैंकमा २९ हजार ८ सय ६० वटा खातामार्फत रकम मनोमानी गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । 

अपचलन भएको रकम चालु आव २०७६/०७७ का लागि विनियोजित बजेटको करिब ७ प्रतिशत र गत आवको बजेटको ८ प्रतिशत हुन आउँछ । समाज कल्याण परिषद्बाट आईएनजीओले ३ वर्षमा ५८ अर्ब ५८ करोड ६२ लाख ८९ हजार रुपैयाँ बराबरको परियोजना सञ्चालन स्वीकृति लिएको महहालेखा परीक्षकको तथ्यांकमा उल्लेख छ। यो समाचार कान्तिपुर दैनिकमा  छ ।

प्रतिक्रिया दिनुहोस