
एजेन्सी । भारतका सार्वजनिक क्षेत्रका बैंकका कर्मचारीहरू यही महिना जुन २७ मा हडतालमा जान सक्नेछन् । ९ बैंक युनियनको सङ्गठन युनाइटेड फोरम अफ बैंक युनियन (युएफबियु)ले सरकारले आफ्नो मागलाई स्वीकार नगरे एक दिनका लागि बैंक कर्मचारीले काम ठप्प पार्ने बताएका छन ।
कर्मचारी हडतालमा गएमा महिनाको २५ गते चौथो शनिबार र २६ गते आइतबार भएकाले लगातार तीन दिन बैंक बन्द रहनेछन् । यस्तो अवस्थामा धेरैलाई समस्याको सामना गर्नु पर्ने हुन्छ ।
युनाइटेड फोरम अफ बैंक युनियनले लामो समयदेखि बैंकमा ५ दिन साता लागू गर्न माग गर्दै आएको छ । बैंकहरुले हप्तामा पाँच दिन मात्रै काम गर्नुपर्ने उनको भनाइ छ । यो नियम निजी क्षेत्रका अधिकांश ठूला कम्पनीमा लागू हुन्छ ।
अब सार्वजनिक क्षेत्रका बैंकका कर्मचारीहरूले आफ्नो पाँच दिनको काम र पेन्सनको माग सरकारले स्वीकार नगरे जुन २७ मा हडतालमा जाने बताएको छ । एआईबीओसीका महासचिव सौम्या दत्तले सरकारले बैंक कर्मचारीको माग पूरा नगरे देशभर करिब ७ लाख बैंक कर्मचारी हडतालमा जाने बताइन् ।
प्रतिक्रिया दिनुहोस