
सिन्धुलीका चारवटा गुठीका पाँच सय ५५ बिघा जमिन व्यक्तिका नाममा दर्ता गरिएको छ ।
सिद्घेश्वर (कमलामाई) गुठीको ११ बिघा, मीमेश्वर राजगुठी (अधीनस्थ) को चार सय १८ बीघा, भीमेश्वर सदाबर्त(जलकन्या) गुठीको ६८ बीघा र कुशेश्वर–दुम्जा (झाँगाझोली रातमाटा) गुठीको ५८ बीघा व्यक्तिको नाममा रजिस्ट्रेसन पास गरिएको हो ।
जिल्ला मालपोत कार्यालयका अनुसार सिद्घेश्वर गुठीको ११ बीघा एक सय ५० व्यक्तिका नाममा दर्ता गरिएको छ ।
भीमेश्वर राजगुठीको चार सय १८ बीघा ४६ जनाका नाममा, भीमेश्वरकै सदावर्त जलकन्या गुठीको ९ जनाका नाममा र कुशेश्वर महादेव गुठीको ५८ बीघा ७६ जनाका नाममा दर्ता गरिएको छ ।
मालपोत अधिकृत तारा नेपालीका अनुसार २०३७ सालअघि सबै जग्गा गुठीकै नाममा दर्ता भएपनि मोही परिवर्तन हुँदा व्यक्तिका नाममा पास हुँदै आएको हो ।
२०३७ सालमा सिद्घेश्वरस्थित कमलामाई गुठीका १६ जना मोही थिए । २०७५ सालमा त्यो जग्गा रैतान गराई एक सय ५० जनाले आफ्नो नाममा बनाएका थिए । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको हो ।
प्रतिक्रिया दिनुहोस