aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ जेठ २०७९
कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम पारित भएको छ । दुई दिनसम्म प्रदेशसभामा छलफल गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको हो । 

प्रदेशसभाको १०औँ अधिवेशनको ११औँ बैठकमा सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम पारितका लागि सभामा प्रस्ताव पेश गर्न मुख्यमन्त्री जीवनबहादुर शाहीलाई समय दिएका थिए ।

 त्यसैगरी, सभामुखले कर्णाली प्रदेशसभा नियमावली, २०७४ लाई दोस्रो संशोधन गर्न गठित समितिको प्रतिवेदन सभासमक्ष पेश गर्न समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठलाई समय दिए ।

प्रतिक्रिया दिनुहोस