aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

अपडेट त्रिशूलीमा बस खस्दा तीनको मृत्यु, १७ को उद्धार, बसमा ४५ यात्रु सवार मृतक र उद्दार हुनेको नाम खुल्यो(नामाबली सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ साउन २०७६
अपडेट
त्रिशूलीमा बस खस्दा तीनको मृत्यु, १७ को उद्धार, बसमा ४५ यात्रु सवार
मृतक र उद्दार हुनेको नाम खुल्यो(नामाबली सहित)

काठमाडौं । सर्लाहीको मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । १४ भन्दा बढी घाइते भएका छन् भने दर्जनभन्दा बढी यात्रु नदीमा हराइरहेको आशंका गरिएको छ । बसमा ४५ यात्रु रहेको अनुमान गरिएको छ ।
ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३ः३० बजे धादिङको बेनी रोराङ गाउँपालिका–३, सलाङघाटमा दुर्घटना भएर त्रिशूलीमा खसेको हो ।
धादिङमा कार्यरत नेपाल प्रहरीका एसपी राजकुमार बैदवारले दुर्घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन् । एसपी बैदवारका अनुसार, मृतकको सनाखत हुन बाँकी छ ।
दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूलाई मलेखु सामुदायिक अस्पताल, गजुरी प्राथमिक स्वास्थ्य केन्द्र तथा चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।
‘बसमा ४५ यात्रु चढेको अनुमान गरिएको छ । यद्यपी बीच–बीचमा झार्दै र चढाउँदै ल्याइएकाले दुर्घनाको समयमा कति यात्रु थिए भन्ने यकिन गर्न सकिएको छैन । तर, केही यात्रु नदीमा हराइरहेका छन् ।

नदीमा डुबेको बस तानेर हराइरहेकाहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
बस सडकबाट अन्दाजी दुई सय मिटर तल त्रिशूली नदीमा खसेको छ ।  दुर्घटनाको कारण नखुलेको र यसबारे थप अनुसन्धान भइहेको प्रहरीले जानकारी दिएको छ ।
घाइतेको उद्धार गरि उपचारका लागि मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र पठाईएको र बाँकी यात्रुको उद्धार कार्य जारी रहेको छ ।
उद्धारका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस कर्मी, स्वयंसेवी समूहको टोली दुर्घटना स्थलमा खटेको छ । दुर्घटनाको थप विबरण आउन बाँकी छ ।

मृतक र उद्दार हुनेको नाम खुल्यो
मृतक तीनै जनाको पहिचान खुलेको छ । उनीहरू सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारयाण रौनियार, उनकी श्रीमती शोभा रौनियार, भतिजा सौरव रौनियार रहेको प्रहरीले जनाएको छ ।
ना६ख ७४६९ सृष्टि डिलक्स आज बिहान ३ः३० बजे त्रिशूलीमा खसेको थियो । बसमा मलङ्गवाबाट ४०, सर्लाहीको हरिपुर नगरपालिकाबाट दुई यात्रु चढेको र बसका तीन कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बसमा सवार हुनेहरुमा विष्णु गाउँपालिकाका खुश रञ्जन, कौडेना गाउँपालिका शिवनगरका मोहम्म मतलुङ, लक्ष्मीपुरका मनिष राय दुई जना, कविलासी नगरपालिका अगर्वाका नवीनकुमार महतो, चक्रघटा गाउँपालिका बेल्हीका राकेश राउत, औरहीका रवि कुमार तीन जना, भारत मुज्जफरपुरका आशिष कुमार दुई जना, मलङ्गवा नगरपालिका गम्हरियाका दिनेश ठाकुर, भारतका पर्सामोडका धीरेन्द्र शर्मा, भारतका अररियाका दिलीप दास तीन जना, ब्रहम्पुुरी गाउँपालिका त्रिभुवनगरका राजनारायण रौनियार चार जना, मलङ्गवाका सञ्जीव चौधरी, अरिवन्द सिंह वकिल०, अनिष राय, भुपेन्द्र कुमार, रोहित शमिम, सुशील श्रीवास्तव, अनिल, मलङ्गवा गणेशियाका भाग्यनारायण महतो तीन जना, भारतका लरकवाका रामबाबु यादव तीन जना, भारतका कुवारीका अजय ठाकुर दुई जना र हरिपुर नगरपालिकाका योगेन्द्र चौधरी, अमित लामा रहेका छन् ।
बस चालक लक्ष्मण जमरकट्टेल, सहचालक प्रमोद चौधरी, कन्डक्टर ऋषि उप्रेती बसमा सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उद्धार गरिएका १६ को पहिचान भएको छ ।
पहिचान हुनेमा भुपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल रहेका छन् ।
आफ्ना आफन्तहरुको अवस्था बुझन बसमा सवार यात्रीक ा आफन्तहरुको मलङ्गवा–९ स्थित रहेको सृष्टी बस काउण्टरमा अहिले  भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस