aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बजेटमा अनधिकृत व्यक्तिमार्फत करको दरमा तलमाथि गरिएको भट्टराईको आरोप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० जेठ २०७९
बजेटमा अनधिकृत व्यक्तिमार्फत करको दरमा तलमाथि गरिएको भट्टराईको आरोप

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न सामानको भन्सार तथा करको दर हेरफेर भएको भन्दै आपत्ति जनाएका छन् । उनले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिमार्फत करको दरमा तलमाथि गरिएको आरोप लगाएका हुन् । 

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटासँग समय लिएर सांसद भट्टराईले विद्युतीय सवारी साधन, सेनिटरी प्याडलगायतका सामग्रीमा कर वृद्धि गरिएको र अनधिकृत व्यक्तिलाई बजेट निर्माणको अन्तिम दिन प्रवेश गराइएको आरोप लगाए । उनले अर्थमन्त्रीले संसद्को बैठकमा त्यसबारेमा जानकारी गराउनुपर्ने माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस