aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

भारतमा मूल्य वृद्धि घट्यो, खुद्रा मुद्रास्फीति दर ७.०४ प्रतिशत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ जेठ २०७९
भारतमा मूल्य वृद्धि घट्यो, खुद्रा मुद्रास्फीति दर ७.०४ प्रतिशत

नयाँ दिल्ली ।  भारतमा खुद्रा मुद्रास्फीति दर अप्रिलमा ७.७९ प्रतिशतबाट मे महिनामा ७.०४ प्रतिशतमा झरेको संघीय सरकारले सोमबार जानकारी गराएको छ । मे महिनामा खुद्रा मुद्रास्फीति ६.३० प्रतिशत कायम रहेको थियो जुन अघिल्लो बर्षको सोही अवधिमा भन्दा कमी हो । 

मुद्रास्फीति दर मापनका लागि छानिएका एक हजार ११४ शहरी बजार र देशका एक हजार १८१ ग्रामिणहरूको अध्ययनबाट निकालिएको हो । यसबीच, उपभोक्ता खाद्य मूल्य सूची वा खाद्य मुद्रास्फीति अप्रिलमा ८.३१ प्रतिशतबाट मे महिनामा ७.९७ प्रतिशतले घटेको छ ।सिन्ह्वा

प्रतिक्रिया दिनुहोस