aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

संसदमा अर्थमन्त्रीको राजीनामा माग, 'नैतिक रुपमा पदमा बसिरहन नमिल्ने'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ जेठ २०७९
संसदमा अर्थमन्त्रीको राजीनामा माग, 'नैतिक रुपमा पदमा बसिरहन नमिल्ने'

काठमाडौं ।  अर्थमन्त्री बनेदेखि नै विवादमा परेका नेकपा माओवादीका नेता जनार्दन शर्माको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजीनामा मागेको छ । एमालेले ल्याएको बजेटको प्रतिस्थापन विधेयक मार्फत संशोधन गरेर विवादमा परेका अर्थमन्त्री शर्माको बजेट अधिवेसनको छलफलका क्रममा मंगलबार राजीनामा माग गरिएको हो । 

बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको भन्नेबारे प्रश्न उठ्दा पनि अर्थमन्त्री संसदमा उपस्थित भएर जवाफ नदिएको भन्दै एमालेले अर्थमन्त्री पदमा बसिरहन नैतिक रुपमा नमिल्ने बताएको हो । साथमा बजेट मार्फत केहि व्यापारी घरानालाई मात्र फाइदा पुग्ने गरि नीति बनाएर नीतिगत भ्रष्टचार गरेको एमालेले आरोप लगाएको छ ।  

एमालेका संसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्रीका विषयमा नीतिगत भ्रष्टाचारको गम्भिर विषय छताछुल्ल हुँदा समेत उहालाई यहि पदमा  बस्नको लागि सक्षम हुनुहुन्छ ? लायक हुनुहुन्छ ? यसको जवाफ संसदलाई चाहियो भनेर सरकारसँग जवाफ माग गरेका छन । 

प्रतिक्रिया दिनुहोस