aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

भारतमा २० वर्षका लागि फाइभजी स्पेक्ट्रम लिलामी गरिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ असार २०७९
भारतमा २० वर्षका लागि फाइभजी स्पेक्ट्रम लिलामी गरिँदै

एजेन्सी । भारतमा केन्द्रीय मन्त्रिपरिषद्ले देशमा फाइभजी स्पेक्ट्रमको लिलामीलाई अनुमोदन गरेको छ। दूरसञ्चार मन्त्रालयको प्रस्तावअनुसार आगामी २० वर्षका लागि स्पेक्ट्रम लिलामी गरिने भएको छ । लिलामीमा सफल हुने कम्पनीले यसमार्फत ५ जी सेवा उपलब्ध गराउन सक्नेछन् । यो विद्यमान फोरजी सेवाभन्दा १० गुणा छिटो हुने जनाइएको छ । 

मुलुकमा फाइभजी सेवा सुरु गर्ने मिति भने तय भइसकेको छैन तर सरकारको आदेशअनुसार स्पेक्ट्रम खरिद गर्ने कम्पनीले ६ महिनादेखि १ वर्षभित्र सेवा सुरु गर्नुपर्नेछ । धेरै टेलिकम अपरेटरहरूले आफ्नो तयारी पूरा गरिसकेका छन्, त्यसैले तिनीहरूले स्पेक्ट्रम खरिद गरेको ४ देखि ८ महिना भित्र सेवा सुरु गर्न सक्नेछन् । 

२० वर्षको वैधता अवधि भएको कुल ७२०९७/८५ मेगाहर्ज स्पेक्ट्रम जुलाई २०२२ को अन्त्यसम्ममा लिलामी हुनेछ। स्पेक्ट्रम न्यून (६०० मेगाहर्ज, ७०० मेगाहर्ज, ८०० मेगाहर्ज), मध्य (३३०० मेगाहर्ज) र उच्च (२६ मेगाहर्ज) फ्रिक्वेन्सी ब्यान्डका लागि लिलामी हुनेछ।

फाइभजी नेटवर्कमा २० जीबीपीएस सम्मको डाटा डाउनलोड स्पीड पाउन सकिन्छ। भारतमा फाइभजी नेटवर्कको परीक्षणको क्रममा, डाटा डाउनलोडको अधिकतम गति ३.७ जीबीपीएस पुगेको छ। तीन कम्पनी Airtel, Vi र Jio ले  फाइभजी नेटवर्क ट्रायलमा ३ जीबीपीएस सम्मको डाटा डाउनलोडमा गति परीक्षण गरेका छन्।


 

प्रतिक्रिया दिनुहोस