
एजेन्सी । हवाई इन्धन (एटीएफ) को मूल्य रेकर्ड उच्च पुगेपछि अब हवाई यात्रामा यसको असर पर्ने भएको छ । एटीएफको भाडा बढेपछि एयरलाइन्सहरुले अब भाडा बढाउने तयारी गरेका छन् । एटीएफको बढ्दो भाउ र रुपैयाँको अवमूल्यनमा आएको गिरावटका कारण भाडा बढाउनुको विकल्प नभएको एयरलाइन्सले बताएका छन् ।
भारतका निजी वायुसेवा कम्पनी स्पाइसजेटका सीएमडी अजय सिंहले उडान सञ्चालन गर्न कम्तीमा १०–१५ प्रतिशतले भाडा बृद्धि गर्नु आवश्यक भएको बताउँछन् । उनले सन् २०२१ को जुनदेखि हवाई इन्धनको मूल्य १२० प्रतिशतभन्दा बढी बढेको बताए । केन्द्र र राज्यहरूले तुरुन्तै एटीएफमा कर घटाउनुपर्छ, जुन विश्वको सबैभन्दा उच्च हो ।
पछिल्ला केही महिनामा एटीएफको मूल्य बढेको बोझलाई सम्हाल्नका लागि एयरलाइन्सले हरसम्भव प्रयास गरे पनि अहिले त्यो सम्भव नभएको उनले बताए । स्पाइसजेटका सीएमडीले भने, ’हामीले पछिल्ला केही महिनाहरूमा बढेको लागत आफैं व्यवस्थापन गर्ने प्रयास गरेका छौं । एटिएफ हाम्रो परिचालन लागतको ५० प्रतिशतभन्दा बढी हो भने अर्कोतर्फ भारतीय रुपैयाँ डलरको तुलनामा तीव्र गतिमा घट्दै गइरहेको छ । जसका कारण वायुसेवा कम्पनीहरुले समेत समस्या भोग्नु परेको छ ।
हवाई इन्धनको मूल्यमा भएको तीव्र बृद्धि र रुपैयाँको अवमूल्यनका कारण हामीले तत्काल भाडा बढाउनु पर्ने हो । तत्कालका लागि हवाई भाडा कम्तीमा १०–१५ प्रतिशतले बढाउनुपर्ने आवश्यकता छ ।
वास्तवमा बिहीबार फेरि हवाई इन्धनको मूल्य बढाइएको छ । अब दिल्लीमा एटीएफको मूल्य १६.३ प्रतिशतले बढेर १.४१ लाख रुपैयाँ प्रति किलोलिटर पुगेको छ । यो एटीएफको अहिलेसम्मकै उच्च दर हो । यो वर्ष मात्रै एटीएफको मूल्य झण्डै दोब्बर भएको छ भने पछिल्ला ६ महिनामा ९१ प्रतिशतले बढेको छ । यस वर्षको जनवरीमा एटीएफको मूल्य प्रतिकिलोलिटर ७२ हजार ६२ रुपैयाँ मात्रै थियो ।
प्रतिक्रिया दिनुहोस