aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

पर्यटनमन्त्री आलेद्वारा नेपाल एयरलाइन्सका अध्यक्ष अधिकारीमाथि अश्लिल गालीसहित हातपात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ असार २०७९
पर्यटनमन्त्री आलेद्वारा नेपाल एयरलाइन्सका अध्यक्ष अधिकारीमाथि अश्लिल गालीसहित हातपात

काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन् । फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको प्राप्त अडियोमा प्रस्टै सुन्न सकिन्छ । 

पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न (आफूले पठाएका व्यक्तिलाई जागिर दिन) अह्राएका थिए । अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेका थिए । केहीलाई लगाउने प्रक्रियामा थिए । 

मन्त्री निरन्तर ताकेतामा मात्र थिएनन्, तुरुन्त राखी दिन धम्क्याउँदै आएका थिए । स्रोत भन्छ–अधिकारीले तलबाट दरबन्दी बनाउन, टिप्पणी आउन बाँकी रहेको कारण देखाएका थिए । 


पहिलो धम्की फोनबाट
केही दिनअघि मन्त्री आलेले अधिकारीलाई टेलिफोन गरे ।  अधिकारी : हेलो। आले :हेलो । अधिकारी : हजुर मन्त्रीज्यू, नमस्कार । आले : नमस्कार । अब नगर्नुहोस् है तपाईं । पर्दैन, तपाईंले गर्न । अधिकारी : किन नि के गरिनँ र ?

आले : घण्टा गर्ने (अश्लील शब्द) सोमबार, सोमबार। (अति अश्लील शब्द) गर्ने सोमबारसम्म । अधिकारी : होइन, उ माग्नुपर्‍यो नि त्यो तलबाट । आले : पर्दैन, पर्दैन माग्नु । पर्दैन ।  अधिकारी : यति–यति चाहियो भनेर । आले : पख, पर्दैन, पर्दैन । पर्दैन गर्नु अब । 

दोस्रो दुर्व्यहार कार्यकक्षमै 
दुई अडियोको शृंखला हेर्दा लाग्छ– सम्भवत अधिकारी त्यसपछि मन्त्री आलेको कार्यकक्षमा गए । (ढोका खुलेको सुनिन्छ । शायद त्यहाँबाट अधिकारी छिर्छन्।)

अधिकारी : मन्त्रीज्यू, नमस्कार । आले : मोबाइल स्विच अफ गर् तेरो पहिला । स्विच अफ गर् । (खत्र्याखुत्रुक आवाज आउँछ । शायद मोबाइल तानातान चल्छ।) आले : चोर (अति अश्लील शब्द) । के गर्छस् तैंले ? मेरो के घण्टा गर्छस् तैंले ? के  गर्छस् ? (अति अश्लील शब्द)। (डाङडाङ डुङडुङ आवाज आउँछ, हातपात गरेको प्रस्टै थाहा हुन्छ ।)

अस्पष्ट आवाज मन्त्रीज्यू नगर्नुहोस् । मन्त्रीज्यू नगर्नुहोस् । तेस्रो व्यक्तिको आवाज सुनिन्छ मन्त्रीज्यू प्लिज । मन्त्रीज्यू नगर्नुहोस् । आले : सेन्टरमा तान्दिन्छु भोलि । (अति अश्लील शब्द) । अधिकारी मिलाउँछु भनिसकेँ त । आले : तैंले के गर्छस् ? अधिकारी : मैले गर्छु भनिसकेँ त अनि । भइहाल्यो त । आले : कति चोटि भन्ने ? कति चोटि भन्ने ? कति चोटि भन्ने ? हँ ? भन् त ? (केही अस्पस्ट कर्‍याक–कर्‍याक आवाज आउँछ। सम्भवत: मन्त्रीले अधिकारीको शरीरमा कुनै डिभाइस छ कि भन्ने आशंकामा छामछुम गर्छन् ।)

अधिकारी : छैन, छैन । केही छैन । आले : स्विच अफ गरेर अगाडि राखिदे । तेस्रो व्यक्ति: अफै गर्दिनु ? हस् । अन्नपूर्ण पोष्टबाट 

प्रतिक्रिया दिनुहोस