
काठमाडौका विभिन्न स्थानहरुमा पैदल हिडिरहेका महिलाहरुले घाँटीमा लगाएका सुनका सिक्री तानी लुटी भाग्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । केही दिन यता मोटरसाइकल सवार व्यक्तिहरुले यस्तो घटना घटाई फरार भएको भन्ने मौखिक उजुरी तथा जाहेरीको आधारमा खोजतलास गर्गदा उनीहरु पक्र्नराउ परेका हुन् ।
काठमाडौ प्रहरी परिसरवाट खटीएको विशेष प्रहरी टोलीले शुकबार गते काठमाडौको वसुन्धरा तथा ललितपुरका विभिन्न स्थानवाट उनीहरुलाई विभीन्न दशिका सामान र वा २९ प ७२७६ नम्बरको पल्सर मोटरसाइकल सहित पक्राउ गरेको हो ।
पक्राउ मध्ये टम वहादुर सुनुवार र टलक वहादुर रायमाझी विगतमा पनि यस्तै घटनामा ३ वर्ष जेल सजाय भुक्तान गरी वाहिर निस्कि पुन उहि अपराधिक काममा फर्किएको देखिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका व्यक्तिहरुसंग अनुसन्धान गर्ने क्रममा १० जना भन्दा वढी व्यक्तिहरुको घाँटीमा लगाएका सुनका सिक्रीहरु विभिन्न मितिमा लुटी विक्रि वितरण गरेको स्विकार गरेका छन् ।
प्रतिक्रिया दिनुहोस