aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

प्रधानमन्त्रीको अमेरिका भ्रमणको विस्तृत जानकारी गराउन निर्देशन, 'एसपीपी सम्झौता देशको हितमा छैन'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ असार २०७९
प्रधानमन्त्रीको अमेरिका भ्रमणको विस्तृत जानकारी गराउन निर्देशन, 'एसपीपी सम्झौता देशको हितमा छैन'

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे प्रष्ट पार्न  संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले असार ५ गते बस्ने बैठकमा प्रधानमन्त्रीको अमेरिका भ्रमण बारे विस्तृत जानकारी गराउन निर्देशन दिएको हो । 

आजको बैठकमा स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) सम्झौताको बारेमा शुक्रबार छलफल भएको छ ।  समितिले परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मालाई उक्त सम्झौताका बारेमा विस्तृत विवरण माग गरिएको थियो । 

छलफलमा सांसदहरुले एसपीपीका सम्बन्धमा परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई प्रश्न गर्दै यसबारे धारणा मागेका थिए । उनीहरुले एसपीपी सम्झौता देशको हितमा नरहेको समेत जिकिर गरेका थिए । सो सम्बन्धमा जवाफ दिँदै प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकालाई पत्र लेखेको साँचो भएको तर सैन्य समझदारीका लागि नभएको स्पष्ट पारेका थिए ।  

प्रतिक्रिया दिनुहोस