aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मन्त्रालयको तयारीप्रती व्यवसायी असन्तुष्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ साउन २०७६
मन्त्रालयको तयारीप्रती व्यवसायी असन्तुष्ट

२० लाख पर्यटक भित्र्याउने गरी घोषणा गरिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ को तयारीप्रति पर्यटन व्यवसायी असन्तुष्ट बनेका छन् । सरकारले प्रारम्भिक तयारी नगरी भ्रमण वर्ष मनाउन खोजेको, आवश्यक पूर्वाधार तथा संरचनामा ध्यान नदिएको व्यवसायीको गुनासो छ ।

नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिले शुक्रबार राजधानीमा आयोजना गरेको भ्रमण वर्ष सफलताका सुझाव विषयक एक कार्यक्रममा अधिकांश पर्यटन व्यवसायीले तथा संस्थागत प्रतिनिधिले सरकारी तयारी कमजोर रहेको उल्लेख गरेका थिए ।

उनीहरुले पर्यटक भित्र्याउने ठोस कार्ययोजना नभएको आरोप पनि लगाए । व्यवसायीले सरकारलाई दिएको सुझावमा पनि कमजोरी सुधार गर्नुपर्ने र भ्रमण वर्षलाई पूर्ण तयारीका साथ घोषणा गर्नुपर्ने तर्क गरे । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस