aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

नुनको गैरकानुनी व्यापार : किलोमै ३०० रुपैयाँ लिएर बेच्छन् व्यापारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असार २०७९
नुनको गैरकानुनी व्यापार : किलोमै ३०० रुपैयाँ लिएर बेच्छन् व्यापारी

काठमाडौं । बजारमा गैरकानुनी रूपमा नुनको कारोबार हुने गरेको पाइएको छ । विभिन्न बजारमा कम्पनीहरूले अनलाइनमार्फत ‘सिधे नुन’ प्याकेजिङ गरी गैरकानुनी रूपमा अत्यधिक मूल्य लिएर बिक्री वितरण गर्ने गरेको पाइएको हो ।

काठमाडौं अर्गानिक कम्पनी, हिमालयज् पिक कम्पनीले सिधे नुनलाई प्याकेजिङ गरी अत्यधिक मूल्य लिने गरेको पाइएको छ । खाद्य ऐन, २०२३ बमोजिम कुनै पनि उद्योगले खाद्य वस्तु प्रशोधन, उत्पादन तथा प्याकेजिङ गर्न विभागबाट अनुज्ञापत्र लिएर मात्र बजारमा बिक्री वितरण गर्नुपर्ने कानुनी व्यवस्था छ । सो कम्पनीले खाद्य विभागबाट सिधे नुन बजारमा बिक्री वितरण गर्नका लागि अनुज्ञापत्रसमेत नलिइएको पाइएको छ ।

अर्गानिक कम्पनी, हिमालयज पिक कम्पनीलगायतका कम्पनीले सिधे नुनलाई प्रशोधन र प्याकेजिङ गरी १ किलो नुनको २५२ देखि ३०० रुपैयाँ लिएर बिक्री वितरण गरी उपभोक्तालाई ठगिरहेका छन् । नेपालटप दैनिकबाट 

प्रतिक्रिया दिनुहोस