aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

हनी ट्र्याप अपरेशनमा दुई युवतीसहित ६ जना पक्राउ, खाजा खान बोलाएर फसाउने गरेको खुलासा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असार २०७९
हनी ट्र्याप अपरेशनमा दुई युवतीसहित ६ जना पक्राउ, खाजा खान बोलाएर फसाउने गरेको खुलासा

काठमाडौं । हनी ट्र्यापमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले दुई जना युवतीसहित ६ जनालाई बिहीबार पक्राउ गरेको हो ।

काठमाडौंका विभिन्न स्थानहरुमा अपराधिक गतिविधि गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता प्रहरी उपरीक्षक दिनेकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीया निकिता केसी, ढुसेनी–३ काभ्रेपलान्चोकका १८ वर्षीया मनिया परियार रहेका छन् । उनीहरुसँगै खोटाङका ३२ वर्षीय डिक ब. शर्मा, सुनसरीका ३० वर्षीय सन्जिब दर्जी, दोलखाका २५ वर्षीय निमा लामा र दोलखाकै ३० वर्षीय पासाङ लामा रहेका छन् ।

उनीहरुले योजनाबद्ध तवरले केटीहरुको समूहलाई सामाजिक सञ्जालमार्फत् परिचालन गरेर फोनको आदान–प्रदान गरी सम्पर्क समन्वय गराई केही पुरुष व्यक्तिहरुलाई प्रत्यक्ष भेटघाट गरेर झुठा मुद्दा लगाएर फसाई दिने भन्दै पीडितलाई डर, धम्की देखाएर ब्लाकमेल गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरुले पीडितसँग रकम असुलसमेत गरेको प्रवक्ता आचार्यले बताए ।

आचार्यका अनुसार उनीहरुले खाजा खाने बाहानामा रेस्टुरेन्टमा लगि भेटघाट गर्ने, पीडित व्यक्तिको निगरानी राखी उनीहरुको घर, ठेगाना, कार्यालय र सवारीसाधनलगायत सम्पूर्ण विवरण डायरीमा राख्ने गरेको खुलेको छ ।

त्यस्तै भेटघाटपश्चात झुठा मुद्दा लगाएर फसाइदिने भन्दै पीडितलाई डर, त्रास देखाएर मोटो रकम असुल्ने गरेको र रकम दिन बाध्य पार्नलाई नक्कली पारिवारिक सदस्य, वकिल र पत्रकारसमेत खडा गर्ने गरेको अनुसन्धानमा खुलेक प्रहरीले जनाएको छ । 

उनीहरुसँग रहेको बा ५ च ६८४६ नम्बरको कार, आइफोनलगायत विभिन्न कम्पनीका मोबाइल सेट र रकमसमेत बरामद भएको प्रहरीले जनाएको छ । 

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उपत्यकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश्यले युवतीको प्रयोग गरी ब्ल्याकमेल गर्ने गिरोहलाई समातेको हो । अन्नपूर्णबाट

प्रतिक्रिया दिनुहोस