aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

खाना नदिएको झोंकमा पत्नीको हत्या गरेर रातभर शवसँगै निदाए दुबे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असार २०७९
खाना नदिएको झोंकमा पत्नीको हत्या गरेर रातभर शवसँगै निदाए दुबे

नयाँ दिल्ली । भारतमा एक व्यक्तिले श्रीमतीको हत्या गरेको र पछि उनी मरेको थाहा नपाएर शवसँगै सुतेको प्रहरीले शनिबार जनाएको छ । दुवैले सँगै रक्सी पिएको तर आफूलाई खाना माग्दा नदिएपछि विवाद बढ्दा पत्नीलाई कुटेका थिए । 

भोलिपल्ट बिहान श्रीमतीको हत्या गरेको थाहा पाएपछि ती व्यक्ति ४० हजारभन्दा बढी नगद लिएर भागेका थिए । यद्यपि, उनलाई दिल्लीको अर्को स्थानबाट ट्र्याक गरी पक्राउ गरिएको थियो । 

पक्राउ पर्नेमा सुल्तानपुर निवासी ४७ वर्षीय विनोदकुमार दुबे रहेको प्रहरीले जनाएको छ । विवादपछि दुबेले आफ्नी ३९ वर्षीया श्रीमती सोनालीलाई कुटपिटपछि सिरानीले हानेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट एउटा झोला, दुई थान मदिराका बोतल र रगतले लतपतिएको सिरानीसहित ४३ हजार भारु बरामद गरेको थियो । आफूहरु सँगै मदिरा पिएको तर केही समयपछि  खाना माग्दा नदिएपछि विवाद हुँदा आफूले हिर्काएको उनले प्रहरीलाई बताएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस