aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

दुई मन्त्री ओलीलाई भेट्न सुटुक्क बालकोट छिरेपछि...

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असार २०७९
दुई मन्त्री ओलीलाई भेट्न सुटुक्क बालकोट छिरेपछि...

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि गृहमन्त्री बालकृष्ण खाण र कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला बालकोट पुगेका छन् ।

शुक्रबार साँझ दुई मन्त्री बालकोटस्थित ओली निवास पुगेका हुन् । ओलीसँग मन्त्रीद्वयले नागरिकता विधेयक’दयगत छलफल गर्ने बताइएको छ । दलीय सहमतिमा नागरिकता विधेयक अघि बढाउने सरकारको तयारी छ । गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटकपटक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ । लोसपाले पनि नागरिकता विधेयक अघि बढाउन माग गरिरहेको छ । राजधानीबाट 

प्रतिक्रिया दिनुहोस