
नयाँ डिल्ली । नरेन्द्र मोदी सरकारका पहिलो वित्त मन्त्री भाजपाका वरिष्ठ नेता अरुण जेटली अस्पताल भर्ना भएका छन् । दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)को आईसीयूमा उनको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
एम्स अस्पतालले विज्ञप्तिका अनुसार उनको अवस्था स्थीर र ब्लड प्रेसर सामान्य छ जनाइएको छ । जेटली अस्पताल भर्ना भएको जानकारी पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदी, स्वास्थ्यमन्त्री हर्षबर्धन उनलाई भेट्न अस्पताल गएका थिए ।
मोदी नेतृत्वको पहिलो सरकारमा ६६ वर्षीय जेट्ली वित्त मन्त्री थिए । उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । जटलीले हालको मन्त्रीमण्डलमा समावेश हुने अस्वीकार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस