aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

क्रिप्टो करेन्सी बजार पनि निरन्तर ओरालो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असार २०७९
क्रिप्टो करेन्सी बजार पनि निरन्तर ओरालो

एजेन्सी । क्रिप्टो करेन्सी बजार निरन्तर ओरालो लागि रहेको छ । आइतबार क्रिप्टो बजारमा ठूलो गिरावट आएको छ। बिटक्वाइन दिउँसो १ बजे ३.८३ प्रतिशत घटेर २४.७४ लाखमा कारोबार भइरहेको छ।

यस अवधिमा यसको मूल्य ९७.६ हजार रुपैयाँभन्दा बढीले घटेको छ । अर्कोतर्फ, इथरियमको मूल्य पछिल्लो २४ घण्टामा ३.७० प्रतिशतले घटेको छ । ४ हजार १ सय २ रुपैयाँले घटेर १ लाख २८ हजार ९०७ रुपैयाँमा झरेको छ । 

विश्वको सबैभन्दा ठूलो र सबैभन्दा मनपर्ने क्रिप्टो बिटक्वाइनको मूल्य १० नोभेम्बर २०२१ मा ८३ लाख रुपैयाँ नाघेको थियो । तर अहिले २४.७४ लाख रुपैयाँमा झरेको छ। 

प्रतिक्रिया दिनुहोस