काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत हुने संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख छ ।
आजको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले संसदमा ‘आर्थिक विधेयक, २०७९’ माथि छलफल तथा पारितका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
त्यसै गरी आजको बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ माथि छलफल हुनेछ । सो विधेयक पारितका लागि अर्थमन्त्री शर्माले प्रस्ताव गर्ने गरी संसद सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ ।
यस्तै ‘ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९’ पारित गर्नका लागि अर्थमन्त्री शर्माले प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९–संसदमा प्रस्तुत गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस