aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अब भारतका जनताले देशभर सस्तो उपचार पाउने, सरकारले लियो ठूलो निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ असार २०७९
अब भारतका जनताले देशभर सस्तो उपचार पाउने, सरकारले लियो ठूलो निर्णय

एजेन्सी । भारतमा कर्मचारी राज्य बीमा निगम (ESIC) ले आफ्नो स्वास्थ्य बीमा योजनालाई २०२२ को अन्त्यसम्म देशभर लागू गर्ने निर्णय गरेको छ। हाल कर्मचारी राज्य बीमा (ESIC) योजना ४४३ जिल्लामा पूर्ण रूपमा र आंशिक रूपमा १५३ जिल्लामा लागू भएको छ। कुल १४८ जिल्ला अझै पनि यो बीमा योजनाको दायरा बाहिर छन् । श्रम तथा रोजगार मन्त्री भूपेन्द्र यादवको अध्यक्षतामा बसेको ईएसआईसीको १८८औँ बैठकले स्वास्थ्य सेवा र सेवा प्रवाह प्रणालीलाई देशभर विस्तार गर्न महत्वपूर्ण निर्णय गरेको छ ।

यस वर्षको अन्त्यसम्ममा आंशिक रूपमा कभर गरिएका र नआएका जिल्लाहरूलाई पूर्ण रूपमा (ESIC) योजना अन्तर्गत समेटिनेछ, विज्ञप्तिमा भनिएको छ,'नयाँ औषधालय सह शाखा कार्यालयहरू DCBOs स्थापना गरी स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। यसबाहेक,(ESIC) ले देशभर १३ नयाँ १०० शय्याको अस्पताल खोल्ने निर्णय गरेको छ।

यीमध्ये छवटा अस्पतालहरू महाराष्ट्रको पालघर, सतारा, पेन, जलगाउँ, चाकन र पनवेलमा स्थापना गरिनेछन्। हरियाणामा हिसार, सोनीपत, अम्बाला र रोहतकमा चार अस्पताल खोलिनेछ। तमिलनाडु (चेंगलपट्टु र इरोड) मा दुई, उत्तर प्रदेश (मोरादाबाद र गोरखपुर) मा दुई र कर्नाटक (तुमकुर र उडुपी) मा दुई रहेका छन् । 

प्रतिक्रिया दिनुहोस