aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मानसिक रूपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुनसक्दैन: शिक्षामन्त्री पौडेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ असार २०७९
मानसिक रूपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुनसक्दैन: शिक्षामन्त्री पौडेल

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मानसिक रुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुन नसक्ने बताएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले आयोजना गरेको राष्ट्रिय योग दिवसको अवसरमा उनले यस्तो बताए । ‘मानसिक रुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुनसक्दैन, उनले भने, ‘प्रकृतिको नाशासाधन गर्नसक्दैनौं त्यसैले योग महत्वपूर्ण हो ।’ 

प्रकृतिले उपहार स्वरुप मानव जिवन दिएको बताउँदै  प्राप्तिका लागि तछाडमाछाड गरी हिँडिरहेको बताए । उनले प्रकृतिमा बाँच्नका निम्ति बनस्पती र प्रणालीलाई आफ्नै प्रकारका आवश्यक तत्वहरु उपलब्ध गराएको बताउँदै प्रकृतिसँग समाउन सक्नुपर्नेमा जोड दिए ।  ‘योग भन्ने बित्तिकै धर्मसँग जोडेर हेर्ने पश्चिमा संस्कृतिसँगको प्रचलन थियो । आज परिस्थति बदलिएको छ । योग भनेको मानव जीवनसँगै लगेर जाने हो’ उनले भने । 

‘पूर्वीय दर्शनमा सत्यम्, शिवम् सुन्दरम् भनेर पढ्छौं । आजभोलिको भौतिक जीवनमा समृद्धिको कुरा छ’ उनले भने, ‘आत्मक सम्मृद्धि प्राप्ति नहुँदासम्म भौतिक जीवनमा सत्यम्, शिवम् र सुन्दरम् फल्न, फक्रन सक्दैन ।’ 

मन, बचन र कर्ममा अनुभूती प्रकृतिले दिएको उपहारलाई ठिक तरिकाले ग्रहण गर्नका निम्ति शरीरलाई स्वस्थ राख्नुपर्ने उनले बताए । ‘शरीरलाई स्वस्थ राखियो भने काम गर्ने तरिका र सोच्न सक्नेमा जीवनलाई ठिक तरिकाले प्रयोग गर्न सक्छौं’ उनले भने । 
                       
 

प्रतिक्रिया दिनुहोस