aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

अर्थमन्त्रीले खोले शेयर बजार घट्नुको रहस्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ असार २०७९
अर्थमन्त्रीले खोले शेयर बजार घट्नुको रहस्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको कारण शेयर बजारमा समस्या आएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले भने, ‘प्रतिस्थापन विद्ययकपछि आएको मौद्रिक नीतिमा केहि त्रुटिहरु भएको कुरा सर्वविधितै छ। ती त्रुटिका कारण केहि समस्या पैदा भएको कुरा स्पष्ट गर्न चाहान्छु।’ 

यसका साथै, शेयर बजारमा देखिएको समस्या सामाधान गर्नको लागि कमिटि समेत गठन गरिएको समेत मन्त्री शर्माले बताएका छन् । उनले भने, ‘शेयर बजारको सम्बन्धमा धेरै भन्न पर्दैन । शेयर बजारको समस्या सामाधान गर्नको लागि नेपाल राष्ट्र बैंक,अर्थ मन्त्रालय, धितोपत्र बाेर्ड र सम्बन्धित सरोकारवालाहरुलाई समेत बाेलाएर छलफल गरेर त्यसको सामाधान गर्न कमिटि गठन गरिएको छ।’

प्रतिक्रिया दिनुहोस