aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

वर्षाले चीनमा ४ लाख ८५ हजार मानिस प्रभावित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ असार २०७९
वर्षाले चीनमा ४ लाख ८५ हजार मानिस प्रभावित

काठमाडौं । पूर्वी चीनको जियाङ्सी प्रान्तको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सोमबार साँझ बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ ।  सो क्षेत्रमा करिब ४ लाख ८५ हजार बासिन्दाहरू अविरल वर्षाबाट प्रभावित भएका छन्। शनिबार दिउँसो ३ बजेदेखि सोमबारसम्मको भारी वर्षा र बाढीका कारण जियाङ्सीका ५५ काउन्टीमा ४३ हजार ३०० हेक्टर बाली प्रभावित भएको थियो ।

मुख्यालयका अनुसार बाढीबाट प्रत्यक्ष आर्थिक क्षति ४७० मिलियन युआन (करिब ७०.४ मिलियन अमेरिकी डलर) पुगेको छ। स्थानीय मौसम विभागले मङ्गलबार जियाङ्सीमा वर्षा अलिकति कमजोर भए पनि यसको दक्षिणी र पूर्वी भागमा भारी वर्षा हुने जनाएको छ । 

वर्षाको प्रभाव बुधबार उत्तर याङ्जीा नदी तर्फ सर्नेछ। 

प्रतिक्रिया दिनुहोस