काठमाडौं । सञ्चारकर्मी रवी लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । काठमाडौंको सभागृहमा एक कार्यक्रम गरेर उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् ।
स्वतन्त्र उम्मेदवारी दिन लागेकाले आम नागरिकलाई आफ्नो पार्टीमा आउन आग्रह गरेका छन् । उनले आफ्नो सम्मान रहेको भन्दै देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गरेको समेत बताए ।
्
केहि वर्षपहिलासम्म अमेरिकीन नागरिक रहेका लामिछानेले केहि महिना पहिला मात्र अमेरिकन नागरिकता त्यागेर पुन नेपाली नागरिता ग्रहण गरेका थिए । नेपालमा हास्यव्यंग्य कार्यक्रम सञ्चालन गरेर सञ्चार क्षेत्रमा आएका उनले केहि वर्षदेखि समाचामूलक कार्यक्रम चलाएर आम जनताको मन जितेका छन् ।
लामिछानेले सञ्चार माध्यममा आफ्नो कार्यक्रम सञ्चालनका क्रममा आम जनतालाई धेरै सम्भावना बाँढेका हुनाले आम नेपालीमा उनीप्रति धेरै विस्वास रहेकाले पार्टी घोषणा कार्यक्रमा हजारौ नागरिकको उपस्थिति रहेको छ ।
प्रतिक्रिया दिनुहोस