aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

बेलायतमा तीस वर्षयताकै ठूलो रेल हडताल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ असार २०७९
बेलायतमा तीस वर्षयताकै ठूलो रेल हडताल

लन्डन । बेलायतमा रेलवे कामदारका नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठूलो हडताल सुरु गरेका छन् । रेलका यात्रुको भीडले मङ्गलबार अराजकताको सामना गर्न सक्ने बताइएको छ । हडताल समाप्तीको लागि भएको वार्ता असफल भएको बताइएको छ । यसको अर्थ रेल युनियनका ५० हजारभन्दा बढी सदस्य यस हप्ता तीन दिनको लागि आफ्नु कामबाट बाहिरिका छन् ।  

रेल र लन्डन भूमिगत स्टेशन मङ्गलबार बिहान बन्द, भएपछि  मानिसलाई घरबाट काम गर्न वा अफिसमा वैकल्पिक मार्ग खोज्न बाध्य भएको बताइएको छ । लन्डनको बाहिरी भागमा बिहान ०६ बजेपछि बस स्टेशनमा मानिसको भीड पर्खिरहेको थियो । यातायात सचिव ग्रान्ट शाप्सले यस हडतालको निन्दा गरेका छन् । सन् १९७० को खराब पुराना दिनहरुको सम्झना पुनः आएको उनले बताएका छन् ।   

प्रतिक्रिया दिनुहोस