aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

अमेरिकामा मूल्यवृद्धि ४० वर्षयताकै उच्च, बैंक ब्याजदर पनि बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ असार २०७९
अमेरिकामा मूल्यवृद्धि ४० वर्षयताकै उच्च, बैंक ब्याजदर पनि बढ्यो

एजेन्सी । अमेरिकामा मुद्रास्फीति ४० वर्षको रेकर्ड स्तरमा छ। बिडेन प्रशासन र फेडरल रिजर्भले रेकर्ड मुद्रास्फीतिलाई सम्बोधन गर्न धेरै प्रमुख कदमहरू चालेका छन्। अमेरिकी फेडरल रिजर्भले ब्याजदर ०.७५ प्रतिशतले बढाएको छ । यसपछि बजारमा ठूलो गिरावट आएको छ । ब्याजदर बढाउने निर्णयले मुद्रास्फीति नियन्त्रण गर्न सक्छ, तर यो कदमले अमेरिकामा मन्दी निम्त्याउन सक्छ।

ड्युश बैंक र मोर्गन स्टेनली पछि जापानी लगानी बैंक नामुराले पनि अमेरिकी अर्थतन्त्रमा मन्दी आउने प्रक्षेपण गरेको छ । नामुराका अनुसार २०२२ को अन्त्यमा मन्दी आउन सक्छ। बैंक तथा ठूला व्यवसायीहरुको यो मन्दी प्रक्षेपण अमेरिकाका लागि मात्रै समस्याको विषय होइन, सारा विश्व नै यसबाट त्रसित छ ।

अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो र विश्वका अधिकांश देश यससँग जोडिएका छन् । सन् २००८ मा पनि अमेरिकाबाट नै मन्दी सुरु भयो, त्यसपछि सारा विश्व नै यसको चपेटामा पर्यो । तर, त्यसबेला भारतमा यसको प्रभाव निकै कम थियो ।

सन् १९९९/२००१ सम्म अमेरिकी अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका लरेन्स समर्सले आगामी दुई वर्षमा अमेरिकी अर्थतन्त्रमा मन्दी आउन सक्ने बताएका छन् । समर्सका अनुसार मुद्रास्फीति ४ प्रतिशतभन्दा बढी र बेरोजगारी दर ४ प्रतिशतभन्दा कम हुँदा विश्वका प्रमुख अर्थतन्त्रहरू मन्दीबाट प्रभावित भएका छन् । अमेरिकाले यी दुवै मापदण्ड पार गरेको छ ।

विश्वको सबैभन्दा ठूलो स्टक एक्सचेन्जमध्ये एक, ल्बकमबत्र का सीईओ एडेना फ्राइडम्यानले विश्व आर्थिक मञ्चको प्यानलमा मन्दीको भविष्यवाणीहरू मन्दीको सबैभन्दा ठूलो कारण हुनसक्ने चेतावनी दिएका छन। भविष्यवाणीहरूले ग्राहकको विश्वासलाई कमजोर बनाउन सक्छ, जबकि बजारमा अस्थिरता निम्त्याउँछ, मन्दीको जोखिम बढाउँछ।

गोल्डम्यान साक्सका वित्तीय सेवाका वरिष्ठ अध्यक्ष लोयड ब्ल्याङ्कफेनले सीबीएस अन्तर्वार्तामा भने कि मन्दीको जोखिम धेरै उच्च छ, तर फेडरल रिजर्भले चाहेमा यसलाई रोक्न सक्छ। गोल्डम्यान साक्सका सीईओ डेभिड सोलोमनले सीएनबीसीलाई भने कि आगामी १२ देखि १४ महिनामा मन्दी आउन सक्छ। उनीहरुका अनुसार मन्दीको सम्भावना ३० प्रतिशत छ ।

विश्वकै धनी व्यक्ति टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत एलोन मस्कका अनुसार अमेरिका पहिले नै मन्दीबाट गुज्रिरहेको छ । पूँजी विनियोजन भएन भने आगामी दिनमा स्थिति झन् बिग्रन सक्छ ।

माइक्रोसफ्टका सह(संस्थापक बिल गेट्सका अनुसार रुस–युक्रेन युद्धका कारण मुद्रास्फीति बढेको छ, जसका कारण अधिकांश देशले ब्याजदर बढाएका छन् । ब्याजदर वृद्धिका कारण अर्थतन्त्र सुस्त हुँदै गएपछि आर्थिक मन्दीमा परिणत हुन्छ ।

प्रतिक्रिया दिनुहोस