aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

म इम्बोस्ड नम्बर प्लेट राख्दिनँ, जेल हाल्ने भए हालियोस्ः नेता रावल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ असार २०७९
म इम्बोस्ड नम्बर प्लेट राख्दिनँ, जेल हाल्ने भए हालियोस्ः नेता रावल

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले आफूले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका छन् । बुधबार संसद्को राज्य निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको छलफलमा रावलले इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका हुन् ।  

इम्बोस्ड नम्बर प्लेट अंग्रेजीमा राख्न ठूलो चलखेल भएको बताउँदै रावलले भने, ‘म इम्बोस्ड नम्बर हाल्दै हाल्दिनँ । बरु सरकारले एक वर्ष जेल हाल्ने भनेको छ हालोस् । म एक वर्ष जेल जान तयार छु ।’    

प्रतिक्रिया दिनुहोस