काठमाडौं । विश्व जोखिमको श्रेणीमा नेपालको अवस्था सुधारिएको छ । युरोमनी डटकमले १८६ राष्ट्रमा गरेको सर्वेक्षणले नेपालको अवस्था ५ अंकले सुधार भएर १४ स्थान अघि बढेपछि विश्वको लगानीयोग्य मुलुकको दाजँजोमा जोखिमको श्रेणीमा भने अझै अवस्था कमजोर रहेको छ ।
युरोमनी डटकमको सर्वेक्षण सन् २०१९ मा भने नेपालको सबैभन्दा बढी युरोमनी कन्ट्री रिस्क (ईसीआर)स्कोर ३१.८९ छ । जुन विकासोन्मुख मुलुकमध्ये सबैभन्दा बढी हो ।
तर विश्वभरीको बरियतामा भने नेपाल १३५ औ मुलुकमा देखिएको छ । नेपालको, राजनीतिक, आर्थिक र संरचनागत लगायतका सूचकांकका साथै स्थिर राजनीतिका कारण अवस्था सुधारिएको पनि सर्वेक्षणले देखाएको छ । कारोबार दैनिकबाट
प्रतिक्रिया दिनुहोस