सरकारले खेतियोग्य जग्गा मासेर घर बनाउने कार्यमा कडाई गर्ने भएको छ । संघीय संसदको दुवै सदनबाट भूउपयोग सम्बन्धि विधेयक पारित भएसँगै खेतियोग्य जमिनमा जथाभावी घडेरी र प्लटिङ गर्न नपाइने भएको हो ।
पारित विधेयकमा जग्गालाई ९ भागमा वर्गीकरण गर्दै आवासीय जग्गामा मात्र प्लटिङ तथा घडेरी बनाउने सकिने व्यवस्था गरिएको छ । यसले कृषियोग्य जमिनलाई खण्डिकृत गर्न रोक लगाएको छ । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस