aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

पेट्रोलियम पदार्थमा प्रतिलिटर २६.६२ रुपैयाँ कर हटाउन कांग्रेस नेता कोइरालाको सुझाव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० असार २०७९
पेट्रोलियम पदार्थमा प्रतिलिटर २६.६२ रुपैयाँ कर हटाउन कांग्रेस नेता कोइरालाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थका कर हटाउन सरकारलाई सुझाव दिएका छन् ।

जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाईराख्न कर नलिन निर्णय गर्न उनले सुझाएका हुन् । यस्तो व्यवस्था अन्तर्राष्ट्रय बजारमा पेट्रोलियम पदार्थको मूल्य नघटासम्म कायम राख्नुपर्ने उनको भनाइ छ ।

उनले भन्सार र प्रज्ञापन शुल्क आधा मात्र लिन र बाँकी कर हटाउन भनेका हुन् ।

कोइरालाले ट्वीट गर्दै भनेका छन्, ‘जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मुल्यमा लाग्ने पूर्वाधार कर रु १०, सडक मर्मत कर रु ४ र भन्सार र प्रज्ञापन शुल्क रु २५.२३ को आधा रु १२.६२ गरी जम्मा रु २६.६२ प्रति लिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघटदा सम्म नलिने निर्णय गरोस।’

प्रतिक्रिया दिनुहोस