aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

काठमाडौं महानगरपालिकाको बजेट लगभग २५ अर्ब, आज सुनिता डंगोलले प्रस्तुत गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० असार २०७९
काठमाडौं महानगरपालिकाको बजेट लगभग २५ अर्ब, आज सुनिता डंगोलले प्रस्तुत गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट लगभग २५ अर्ब हुने भएको छ । गत वर्षको तुलनामा करिब ७ अर्ब बढी हुने अनुमान गरिएको छ । देशैभरका स्थानीय तहमध्ये जेठो र पहिलो महानगरले सबैभन्दा धेरै बजेट ल्याउन लागेको हो। कानुनमा व्यवस्था भएअनुसार आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दै छन् ।

उपमेयर सुनिता डंगोलले महानगपालिकाको परिषद्को बैठकमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । कुल २५ अर्बमध्ये २३ अर्ब रुपियाँ कामपाको सञ्चित कोषमार्फत् खर्च हुनेछ ।

'कुल बजेटमध्ये सामाजिक सुरक्षाभत्ता नेपाल सरकार र प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमहरू र आयोजनाको खर्च महानगरको बजेटमा सार्वजनिक भए पनि तोकिएको शीर्षकमा मात्र खर्च हुनेछ । त्यसैले कामपाले खर्च गर्न पाउने रकम करिब २३ अर्ब रहनेछ' कामपा स्रोतले भन्यो ।

मेयर बालेन्द्र साह, उपमेयर डंगोल, राजस्व विभागमा निर्देशक डा. शिवराज अधिकारी, लेखा विभागका निर्देशक बुद्ध मानन्धरलगायत टिमले बजेट तयार गरिरहेको छ । आजको नेपाल समाचारपत्रबाट 

प्रतिक्रिया दिनुहोस