aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

अमेरिकामा गर्भपतन गर्न नपाइने, देशव्यापी विरोध सुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ असार २०७९
अमेरिकामा गर्भपतन गर्न नपाइने, देशव्यापी विरोध सुरु

न्युयोर्क । अन्ततः अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त गरिदिएको छ । सर्वोच्चले देशव्यापी रूपमा गर्भपतन वैध हुने ५० वर्षअघिको एउटा आदेशलाई उल्ट्याउँदै गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त गरिदिएको हो । अदालतको आदेशसँगै लाखौँ अमेरिकी महिलाले गर्भपतनसम्बन्धी कानुनी अधिकार गुमेको छ । 

रो विरुद्ध वेड भनेर परिचित मुद्दामा गर्भपतनलाई संवैधानिक अधिकारको मान्यता दिएको विगतको फैसला अवैध भएको सर्वोच्चले जनाएको छ । 

राष्ट्रपति जो बाइडेनले उक्त निर्णयलाई ‘दुःखद त्रुटि’ भनेका छन् । आदेशको विरोधमा अमेरिकाका विभिन्न सहरमा प्रदर्शन भएका छन् ।
अदालतको आदेशपछि विभिन्न राज्यमा क्लिनिक बन्द गरिएका छन् ।

अदालतको फैसलापछि त्यहाँका धार्मिक अभियानकर्मी  र दक्षिणपन्थी  भने खुसी भएका छन् । सन् १९७३ मा गर्भपतनलाई वैध बनाइएपति उनीहरुले त्यसको विरोध गर्दै आएका थिए ।

फैसलाको पक्षमा ६ र विपक्षमा ३ जना न्यायाधीश उभिएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस