aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ असार २०७९
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।  सरकारले विभिन्न आयोजनाका नाममा लिँदै आउको कर ५० प्रतिशत घटाउन समितिको उक्त निर्देशन दिएपछि पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो ।

 शनिबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो । अब पेट्रोलको मूल्य १७९ र डिजेल÷मट्टितेलको १६३ कायम भएको छ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

नेपाल सरकारले नेपाल आयल निगमसँग विभिन्न शीर्षकमा लिँदै आएको करलाई ५० प्रतिशतले घटाउन निर्देशन ममितिले निर्देशन दिएको हो । असार ६ गते बसेको बैठकले पनि पेट्रोलियम पदार्थको चरम मूल्यवृद्धिबाट सर्वसाधारणलाई पर्न गएको असर न्यूनीकरण गर्न वैकल्पिक उपायको खोजी गर्न सरकारलाई निर्देशन दिएको थियो । 

नेपाल आयल निगमले गत असार ५ गतेमात्रै   पेट्रोलमा २१ रुपैयाँ, डिजेल र मट्टितेलमा २७ रुपैयाँ, आन्तरिक हवाइ इन्धनमा १९ रुपैयाँ र बाह्य हवाइ इन्धनमा प्रति किलोलिटर १०० डलरले वृद्धि गरेको छ ।  पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ रहेको छ । त्यस्तै, आन्तरिक हवाइ इन्धन प्रतिलिटर १८५ रुपैयाँ पुर्याइएको छ भने खाना पकाउने ग्याँसको मूल्य १८ सय रुपैयाँ प्रति सिलिन्डर छ । 

प्रतिक्रिया दिनुहोस