aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

पर्यटनमन्त्री आलेले दिए राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ असार २०७९
पर्यटनमन्त्री आलेले दिए राजीनामा

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका छन्। आलेले पार्टी कार्यालयमा अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन् । 

आलेले शुक्रबार १० जना असन्तुष्ट समूहमा गरेको हस्ताक्षर फिर्ता लिँदै ४८ घण्टाभित्र राजीनामा दिने बताएका थिए। आज आलेले अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएका हुन् । 

जेठ २२ गते नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा रहेका चार जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । मन्त्री हेरफेरको विषयमा पार्टीभित्र विवाद रहेको छ । 

प्रतिक्रिया दिनुहोस