aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

मन्त्रिपरिषद पुनर्गठन, फेरिए एकीकृत समाजवादीका मन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ असार २०७९
मन्त्रिपरिषद पुनर्गठन, फेरिए एकीकृत समाजवादीका मन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री देउवाले आइतबार मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । 

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको जनाएको हो । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्यविभाजन तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ बनेका छन् भने शहरी विकास मन्त्री मेटमणि चौधरी बनेका छन् । त्यस्तै, समानवादीबाट नै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीरा केसी बनेका छन् । 

प्रतिक्रिया दिनुहोस