aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एआइजी पोखरेलको रिटको आज सुनुवाइ हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ असार २०७९
एआइजी पोखरेलको रिटको आज सुनुवाइ हुने

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले दायर गरेको रिटको सुनुवाइ आजका लागि तोकिएको छ । प्रहरी महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंहको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिटको सुनुवाइ सोमबार हुने भएको हो ।

पछिल्लो पटक असार ५ गते सुनुवाइ तोकिएकोमा सो दिन सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको यो मुद्धाको फैसला आज हुन सक्ने सम्भावना रहेको छ ।

यसअघि असार जेठ ३० गते पनि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले असार ५ का लागि हेर्दाहेर्दैमा राखेको थियो । 

एआइजी पोखरेलले आफूभन्दा कनिष्टलाई आइजीपी बनाएको कारण आफू अन्यायमा परेको भन्दै सरकारको यस्तो निर्णय बदर गर्न माग राखी रिट दायर गरेका छन् । सर्वोच्चमा रिट दायर गरेर एक महिना लामो बिदामा बसेका पोखरेलको बिदा जेठ २४ गते नै सकिएको छ । 
 

प्रतिक्रिया दिनुहोस