aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मोदीलाई झड्का , कश्मीरमा यसरी दन्किरहेको छ डरलाग्दो आन्दोलन (भिडियो)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ साउन २०७६

एजेन्सी । भारत प्रशासित कश्मीरमा भारतीय संविधानको धारा ३७० खारेज गर्ने निर्णयको विरुद्ध शुक्रबार ‘विरोध प्रदर्शन’ भएको छ । भारत सरकारले सामान्य विरोध भएजस्तो गरेता पनि कश्मीरमा डरलाग्दो आन्दोलन चर्किएको छ । यसलाई पुष्टि गर्दै बिबिसी मिडियाले आन्दोलनका केही भिडियोहरु पनि सार्वजनिक गरेको छ । 

समाचार एजेन्सीहरूको दाबीअनुसार श्रीनगरमा भएको विरोध प्रदर्शनमा सुरक्षाकर्मीले प्रदर्शनकारीहरूमाथि भारी मात्रामा अश्रुग्याँस प्रहार गरेका थिए । प्रदर्शनमा केही प्रदर्शनकारीहरू घाइते भएको बताइएको छ ।

रिपोर्टहरूका अनुसार जम्मू–कश्मीर घाटीमा ‘विदेशी पत्रकार र सञ्चार सेवाहरूमाथि लगाइएको प्रतिबन्ध’ जारी छ । मूलधारका भारतीय मिडियाको रिपोर्टहरूमा भने कश्मीरमा स्थिती सामान्य र शान्तिपूर्ण भइसकेको दाबी गरिएको छ ।

कतारी समाचार संस्था अलजजिराले पनि आफूसँग शुक्रबार कश्मीरमा भएको ‘विरोध प्रदर्शन’को एक्सक्लुसिभ भिडियो भएको दाबी गरेको छ । अलजजिराका अनुसार भारत प्रशासित कश्मीरमा शुक्रबारको नमाज पछि प्रदर्शन सुरू भएको थियो ।  

मिडिया रिपोर्टका अनुसार कतिपय युवाको आँखाको ज्योति गुमेको छ । केही स्कुल गएर आएका विद्याथीहरुलाई भारतीय सेनाले हानेको पेलेट उनीहरुको आँखाको ज्योति गुमेको हो । केही व्यापारीहरुले पसल खोल्दा उनीहरुलाई भारतीय सेनाले कुटपिट गर्दै कश्मीरीलाई विष खुवा भनेको बताएका छन् । उनीहरुले कश्मीरमा क्रुरता देखाएको आम मानिसहरुले प्रतिक्रिया दिएका छन् । 

 

प्रतिक्रिया दिनुहोस