aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

समयमा पुस्तक नपाउँदा रुपन्देहीका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ असार २०७९
समयमा पुस्तक नपाउँदा रुपन्देहीका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित

भैरहवा । नयाँ शैक्षिकसत्र सुरु भएको २ महिना भन्दा बढि पुग्न लाग्यो । बिद्यार्थीहरुको पहिलो त्रैमासिकको परीक्षा पनि आउन केही दिन मात्र बाँकी छ । तर पुस्तक नपाउँदा रुपन्देहीका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

नयाँ पुस्तक नपाउँदा विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन समस्या छ । पाठ्यक्रम फेरिएको सामुदायिक विद्यालयको कक्षा ४ र ७ का विद्यार्थीसँग पुस्तक छैन । पाठ्यक्रम यथावत् भएका अन्य कक्षाका विद्यार्थीले पुराना पुस्तक पढ्ने गरेका छन् । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बिक्री केन्द्र बुटवलका प्रमुख भैरवबाबु पन्थले किताव प्रयाप्त भएको र केही दिनैमै सबै बिद्यालयले पुस्तक पाउने दावी समता टेलिभिजन सँग गरेको पनि १ महिना पुग्न लाग्यो तर पुस्तक भने अझै अभाव छ ।

रुपन्देही लिलाराम मा वीका प्रधानाध्यापक गणेश प्रसाद भट्टराईले अझै पनि आफ्ना बिद्यालयका बिद्यार्थीहरुले पाउनुपर्ने किताब नपाएको बताए । भट्टराईले किताब अभावका कारण पठनपाठनमा समेत समस्या सिर्जना भएको बताउँछन् ।  

भानु मा वीका प्रधानाध्यापक मोतीलाल सुवेदीले समेत किताव अभाव भएको बताए । बिद्यालयका अधिकाशं बिद्यार्थीहरुले किताव नपाएका कारण पठनपाठनमा समस्या सिर्जना भएको बताउँदै  सुवेदीले जनक शिक्षा समाग्रीले हरेक बर्ष शैक्षिक सत्रमा यस्तै रवैया देखाउने गरेको बताए । रुपन्देहीमा सामुदायिक र निजी गरी ८ सय ३४ विद्यालयहरु छन् । यि विद्यालयहरुमा २ लाख ९४ हजार बिद्यार्थी अध्ययनरत छन् । तर पुस्तक नहुँदा पठनपाठनमा समस्या सिर्जना भएको छ ।

सरकारले बैशाख ३ गतेभित्र सबै पुस्तक सबै ठाउँमा पुयाइसक्नु पर्ने भन्दै निर्देशन दिएको भए पनि जनक शिक्षा सामाग्री केन्द्रले धेरैनै ढिलो गरेको छ । जनक शिक्षा सामाग्री केन्द्रले पुस्तक जतिपनि छ भन्छ तर बिद्यार्थीहरुको हातमा पुस्तक छैन । जनक शिक्षा समाग्रीको यो रवैयाका कारण पठनपाठनमा समस्या सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस