काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद परिवर्तन गरेपछि आज मन्त्रिपरिषद्को बैठक आकस्मिक रुपमा बस्दै छ । दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सरकारको नियमित एजेन्डाबारे छलफल हुने बताइएको छ ।
तर, एकीकृत समाजवादीका नयाँ मन्त्री र जनता समाजवादीले पनि आफ्ना पार्टीको तर्फबाट मन्त्री भएका फिर्ता बोलाउने भनेपछि प्रधानमन्त्रीले बैंठक आकस्मिक रुपमा बोलाएका हुन । आजको बैंठकमा नयाँ चार मन्त्रीको यो पहिलो मन्त्रिपरिषद् बैठक हुनेछ ।
नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी–सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय छन ।
प्रतिक्रिया दिनुहोस